नवलपरासी (पश्चिम) । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुको करार सेवा रद्ध गरेको छ
सोही निर्णयको कार्यान्वयनका क्रममा प्रतापपुर गाउँपालिकाले पनि दरबन्दी बाहेकका ९२ जना कर्मचारी निकालिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,वडा लगायतका प्रशासनिक कर्मचारी कटौती गरेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो।
पालिकाको सेवामा असर पर्ने भए पनि आन्तरिक श्रोतले नधानेका कारण यस्तो कदम चाल्न बाध्य भएको अध्यक्ष यादवको भनाई छ ।यस्तो बेलामा कर्मचारी कटौती गर्दा तपाईको आगामी राजनीतिक भविष्य सग पनि जोडेर हेरीएको छनी ?भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले जनप्रतिनिधिले राम्रा नराम्रा सबै पक्षको जस अबजस लिनु पर्ने बताउनु भयो ।
“करार सेवाका कर्मचारीहरुको स्थानान्तरणका क्रममा गाउँपालिकाको विकास र सेवा प्रवाहमा केही असहजता आउन सक्ने भए पनि स्थायी समाधानका लागि यो आवश्यक निर्णय हो।”पालिकाले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
“हाम्रो पालिकाको आन्तरिक श्रोत झन्डै १ करोड ३० लाख मात्रै छ त्यसले यी कर्मचारीलाई तलब खुवाउन नसकिने हुनाले बाध्यात्मक रुपमा निरन्तरता दिन नसकेका हौ”यादवले भन्नू भयो ।पालिकाले व्यापक रुपमा कर्मचारी कटौती गरेपछि केहिले यसलाई सकारात्मक लिएका छन भने केहिले पालिकाको सेवा प्रवाहमा कठिनाई हुने भन्दै बिभिन्न रुपमा टिप्पणी गरेका छन ।
गाउँपालिकाले आफ्ना आन्तरिक स्रोत सीमित रहेको कारण सबै सेवा प्रभावित नहोस् भन्ने हेतुले स्थानीय नागरिक र सरोकारवालालाई सहकार्यका लागि अनुरोध गरेको छ।