नवलपरासी, बर्दघाट । बर्दघाट नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै यस वर्षको ठूलो तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा प्रयोग हुने फूल र फूलका मालामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन नगरवासीहरूलाई आग्रह गरेको छ ।
नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ — “स्थानीय उत्पादकहरूले उत्पादन गरेका प्राकृतिक फूल र फूलका मालाहरू खरिद, बिक्री र प्रयोग गर्न सबै नगरवासीहरूलाई हार्दिक अनुरोध गर्दछौं।”
नगरपालिकाले स्थानीय कृषकहरूको संरक्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र ती कृषकहरूले उत्पादन गरेका वस्तुको प्रयोग गर्दै प्लास्टिकजन्य सामग्रीलाई निरुत्साहित गर्नुपर्ने सुचनामा जनाईएको छ ।