सुनवलमा दुर्घटनामा एक जनाको मृत्यु

  • hamroaakha
  • / अन्य /
  • २०८२ जेष्ठ ६, सोमबार (४ दिन अघि)
  • ९२ पटक पढिएको

 

नवलपरासी

पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गए राति परासी–सुनवल सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका वडा नं. ९, स्वाठीमा लु २६ प २५०० नम्बरको मोटरसाइकललाई सानो गाडीले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिर दत्त पन्तले जानकारी दिनु भयो।

सुचना अधिकारी प्रहरी नायव उपरिक्षक पन्तका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामग्राम नगरपालिका १ का २२ वर्षका जीवन यादव रहेका छन्।

दुर्घटनामा परि घाइते यादवको उपचारको क्रममा जिल्लाको पृथ्वी चन्द्र असपताल परासीमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने सवारीचालक फरार रहेका छन् ।

घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुले सानो कारले ठक्कर दिएको बताएका छन्, तर कारको नम्बर पत्ता लाग्न सकेको छैन। ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस