तिज गित प्रतियोगिताको प्रथम पुरस्कार लाली गुराँस एकता आमा समूहलाई

नवलपरासी -बर्दघाट
पश्चिम् नवलपरासीमा तिजको रौनक सुरु भएको छ ।तिज सुरु भएसगै चहलपहल बढेको छ भने तिज विशेष विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छ्न ।
यसै बिच हरितालीका तिजको अवसरमा महिला अधिकार मञ्च बर्दघाट १४ द्वारा आयोजित साविक दाउन्ने क्लस्टर स्तरीय खुला तिज गित प्रतियोगितामा लाली गुराँस एकता आमा समूह धर्म बस्ती प्रथम भएको छ ।

यसै गरी नवदुर्गा आमा समूह गङ्गाबस्ती (बर्दघाट-१४) द्वितीय र गौरी शङ्कर आमा समूह बर्दघट १५ ले तृतीय स्थान हात पारेको छ ।त्यसैगरी पारिजात आमा समूह बर्दघाट १६ ले शान्त्वना पुरस्कार प्राप्त गरेको छ ।प्रथम,द्वितीय,त्रितिय र शान्त्वना समूहले क्रमश:१० हाजार,७ हजार,पाँच हजार र तीन हजार पुरस्कार राशी प्राप्त गरेका छ्न ।

मञ्चका अध्यक्ष जमुना तिवारीको अध्यक्षता तथा नगर प्रवक्ता एवम् वडा नम्बर १४ का अध्यक्ष सन्तबहादुर गाहको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा बोल्दै प्रवक्ता गाहले तिजलाई मौलिक र संस्कारयुक्त बनाउनु पर्नेमा जोड दिनु भयो ।

तिजका नाममा हुने भड्किला गतिविधि र समाजमा पाच्य नहुने खालका कतिपय गतिविधिले समाज र भावी पुस्तालाई समेत सही मार्गमा डोर्याउन नसक्ने उल्लेख गर्दै गक्ष अनुसार पर्वहरु मनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

महिला संघ केन्द्रिय सदस्य महिला नेत्री कमला पराजुलीले तिज महिलाहरूको बेदना पोख्ने पर्व मात्रै नभै महिला अधिकारका र स्वतन्त्रका बिषयमा आवाज उठाउने समेत चाड भएको बताउनु भयो ।उहाँले तिजले सबैलाई एक्यवद्ध भएर अगाडि बढ्न समेत मद्धत पुग्ने समेत विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रस्तुति दिने समुहहरुले मुलुकको पछिल्लो गतिविधि सहित समाजका विभिन्न घटनाक्रमहरुलाई कलात्मक रुपमा उठान गरेका थिए ।कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष रुद्र आले,१६ का अध्यक्ष भिमकाजी गुरुङ,युवा नेता दामोदर जिसी,अन्य जनप्रतिनिधि लगायत स्थानीयको सहभागीता रहेको थियो ।प्रतियोगिता सञ्चालनका लागि विभिन्न ब्यवसायी तथा सहयोगीहरुले सहयोग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस