नवलपरासीमा भएकाे क्षतिकाे विवरण संकलन गर्न मूल्याङ्कन समिति गठन

नवलपरासी– नवलपरासीमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालयले मूल्याङ्कन समिति गठन गरेको छ । भदौ २४ गते जेनजी समुहको प्रदर्शनका क्रममा जिल्लामा झन्डै ५० बढी सार्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको थियो । सोही क्षतिको विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा  १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, सरकारी वकील, कोष तथा लेखा नियन्त्रक, सडक पूर्वाधार कार्यालय र सात वटै स्थानीय तहका अधिकृतस्तर र प्राविधिक कर्मचारीहरु रहेका छन् । समितिलाई जति छिटो विवरण संकलन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो । ‘ हामीले २/३ दिनभित्र विवरण संकलन गर्न भनेका छौं । नसके त्यसमा २\४ दिन थप पनि हुन सक्ला । ’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस