तरुणदल नवलपरासीको वडागत अधिवेशन सुरु

नवलपरासी,पश्चिम् ।नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुणदल नवलपरासीको वडा अधिवेशन सुरु गरिएको छ । बिहिवार बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट वडा अधिवेशन सुरु गरिएको हो ।

नेपाल तरुण दलको आसन्न पाँचौ महाधिवेशन सम्पन्न गर्नका लागि वडा अधिवेशन सुरु गरिएको तरुण दल नवलपरासी पश्चिम्का अध्यक्ष सुक बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर –१६ बाट सुरु भएको वडा तहको अधिवेशन सातै पालिकामा हुने र भदौ १७ गते पालिकाको अधिवेशन हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।सबै वडाहरुमा निर्वाचन नगराई सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्ने तयारी भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

संगठनको बिधान अनुसार नै सबै क्षेत्र र समुदायलाई समेटेर कार्यसमिति चयन हुने बताईएको छ ।तरुणदल बर्दघाट १६ का अध्यक्ष दिनेश क्षेत्रीको अध्यक्षता एवम् तरुण दल केन्द्रिय सदस्य करिम खानको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सुरु भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य कमल थापा,वडा अध्यक्ष भिमकाजी गुरुङ लगायत काङ्ग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस