नवलपरासी,पश्चिम् । यतिबेला बर्दघाट नगरपालिकामा सरसफाइ र जनश्रमदान अभियानले सक्रियता पुर्वक निरन्तरता पाउन थालेको छ ।श्रमदान र श्रमदानमा समेत नागरिकहरु सक्रियताका साथ सहभागीता जनाउन थालेका छ्न ।
यसै बिच बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत देवीनगर टोल विकास संस्थाले नेपालीहरूको महान चाड नजिकिएसगै स्थानीयको सहभागीतामा टोल क्षेत्र सरसफाइ गरिएको छ। टोल बिकासका अध्यक्ष सन्तोष गुरुङको नेतृत्वमा देवीनगर टोलभित्र रहेको कबड हल एरिया,सडक किनार, सार्वजनिक जग्गा समेतको झाडी फाडेर सरसफाइ गरिएको हो ।
आफ्नो टोल आफै सफा गरौं भन्ने अभियानका साथ सरसफाई गरिएको र यसलाई निरन्तरता सगै स्थानीयलाई सरसफाइ प्रती जागरुक बनाउने अभियान थालिने अध्यक्ष गुरुङले बताए ।
दशैं नजिकिए सगै मठ मन्दिर र धार्मिक स्थलहरु पनि सरसफाई गरिने गुरुङले बताए ।बर्दघाट नगरपालिका शून्य फोहर अभियानमा अघि बढेको सन्दर्भमा सबै टोल बिकास सस्थाहरु स्वस्फूर्त रुपमा सरसफाइमा लाग्नु पर्न सरसफाइमा सहभागीहरुले बताए ।