नवलपरासी,बर्दघाट।साउन महिनाको पहिलो सोमबारको अवसर पारेर भोलि बर्दघाट नगरपालिकाले पहिलो पटक बोलबम पदयात्रा सुरु गर्न लागेको छ । बर्दघाटको त्रिवेणि चोक बाट दुर्गा मन्दिर हिलपार्क हुँदै भोली बिहान ६ बजे यात्रा सुरु गरी हिलपार्क हुँदै कैलासमा जलार्पण गर्ने कार्यक्रम तय गरिएको बर्दघाटका नगर प्रमुख सम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो ।
नगर प्रमुख श्रेष्ठले धार्मिक श्रद्धा र शिवभक्तिको प्रतीक स्वरूप आयोजना गरिएको पदयात्रामा सम्पूर्ण नगरबासी, भक्तजनहरूलाई सहभागिताका लागि अनुरोध गर्नु भएको छ ।
सबैको सहभागीतामा हुने पदयात्राले धार्मिक पर्यटन प्रवर्द्धन सगै जनसमुदायका हरेक गतिविधिमा नगरपालिका जनप्रतिनिधि साथमै छौ भन्ने सन्देश पनि रहने श्रेष्ठले बताउनु भयो ।धार्मिक सहिष्णुतानै एक्यवद्धता भएको नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नु भयो ।
सुरक्षाको दृष्टिले स्थानीय प्रहरी प्रशासन र स्वयंसेवकहरू परिचालन गरिने तयारी भएको जनाइएको छ ।साथै, यात्रामा सहभागी हुन चाहने श्रद्धालुहरूलाई विहान ६ बजे दुर्गा मन्दिरमा उपस्थित हुन आह्वान गरिएको छ। साउने सोमबारमा विशेष महत्व रहने भएकाले बोलबम यात्रा गर्ने गरिन्छ भने शिवालयमा श्रद्धालुहरुको भिड लाग्ने गरेको छ ।