नवलपरासी,पश्चिम्
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुणदल नवलपरासीको वडा अधिवेशन सुरु भएलगत्तै ९ वटा वडामा नेतृत्व सर्वसम्मत चयन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट सुरु भएको अधिवेशन बर्दघाट नगरका ९ वटा वडामा सम्पन्न भएको तरुणदलका जिल्ला अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।
नेपाल तरुण दलको आसन्न पाँचौ महाधिवेशन सम्पन्न गर्नका लागि वडा अधिवेशन भैरहेको छ ।
बर्दघाट नगरपालिकाका वडा नम्बर
१६,१५,११,१३,९,८,५,६,१ मा अधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।तरुणदललाई ब्य्वस्थित र मजबुद बनाएर लैजानु पर्नेमा तरुण सदस्यहरुको सुझाव छ ।
तरुणदलका जिल्ला सदस्य सन्तोष गुरुङले काङ्ग्रेस माउ पार्टी भएकाले तरुण दलले अब पार्टी सुधारका लागि जिम्मेवारी लिनुपर्ने बताउँदै त्यसका लागि पहिला तरुण दल आफै एक ढिक्का भएर लाग्नु पर्ने बताए ।नवलपरासीमा तरुण एक जुट छ भन्ने संदेश दिनु पर्नेमा उनको जोड छ ।
बर्दघाटका १६ वटै वडाहरुको अधिवेशन सम्पन्न भए पश्चात नेतृत्वको सल्लाहमा नगर अधिवेशन हुने र अन्य पालिकाहरुमा समेत अधिवेशनको तयारी भैरहेको जिल्ला अध्यक्ष गुरुङले बताए ।वडा बाट जिल्ला प्रतिनिधिका लागि समावेशीताका आधारमा तिन जना र नगरप्र तीनिधीका लागि ८ जना छनौट हुने ब्यवस्था रहेको अध्यक्ष गुरुङले बताए ।