बर्दघाटमा ब्यवसायिक तरकारी खेती सम्बन्धि एक हप्ते तालिम सुरु

  • hamroaakha
  • / अन्य /
  • २०८२ जेष्ठ १८, आईतबार (३ दिन अघि)
  • २०८ पटक पढिएको

 

नवलपरासी

बर्दघाट नगरपालिका कृषि बिकास शाखाको आयोजनामा आईतवार देखि एक हप्ते अगुवा कृषकहरुलाई ब्यवसायिक तरकारी खेती सम्बन्धि तालिम सुरु भएको छ । तालीम वडा नबर १४ को सभाहलमा एक कार्यक्रमका बिच उदघाट्न भएको हो ।

वडा नम्बर १४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता सन्त बहादुर गाहाको अध्यक्षता सुरु भएको तालिम आगामी एक हप्ता सम्म संचालन हुनेछ। तालिमको मुख्य प्रशिक्षक रुपमा रहनु भएका अशोक पन्थका अनुसार तालिममा प्रयोगात्मक शिकाई लाई मुख्य प्राथमिकता दिइनेछ ।
उक्त तालिमाको प्रमुख अथिती नगर प्रमुख शम्भुलाल श्रेष्ठ रहनु भएको थियो भने बिशिस्ट अथिती उप प्रमुख रुद्र प्रकाश उपाध्याय रहनु भएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले किसानलाई कृषि उपजको उत्पादन देखि बजारीकरण सम्म प्रत्यक्ष नगरपालिकाले सहयोग गर्ने बताउदै ब्यवसायिक बन्न सक्ने कृषकले राम्रो लाभ लिन सक्ने बताउनुभयो ।

उपप्रमुख उपाद्यायले परम्परागत शैली बाट नभै आधुनिक कृषीबाट ब्यवसायिक बन्न सकिने उल्लेख गर्दै नगर बाट संचालन हुने तालिमहरुले लाभ मिल्ने बिश्वास व्यक्त गर्नु भयो ।

नगरपालिकाले कृषकलाई सधै प्राबिधिक सेवा उपलब्ध गराउदै आएको शाखाका प्राविधिक ऋषि चन्द ठकुरीले बताउनु भयो ।जेष्ठ २४ गते तालिमको समापन हुने बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस