नवलपरासी,पश्चिम्
बर्दघाट नगरपालिकाले प्रदान गरेको नगर प्रमुख छात्रवृत्ति कोष मार्फत यस बर्ष ३६ जना विद्यार्थी लाभान्वित भएका छ्न ।नगर शिक्षा ऎनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
विभिन्न बिषयमा अद्ययनरत विद्यार्थीहरुले न्युनतम १० हजार देखि अधिकतम ६० हजार रुपैयाँ सम्म छात्रवृत्ति प्राप्त गरेका छ्न । जसमा ५ जना एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले ४० हजार देखि ६० हजारको छात्रवृत्ति प्राप्त गरेका छ्न भने अन्य नर्सिङ,बिज्ञान,मानविकि,ब्यवस्थापन र शिक्षा लागायतका संकायमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका छ्न ।
आवेदन परेका मध्ये वडाको र सम्बन्धित अध्ययनरत सस्थाको सिफारिसको आधारमा गरिब,बिपन्न,अतिबिपन्न तथा जेहन्दार विद्यार्थीहरुको सर्ट लिस्टिङ गरी छात्रवृत्ति प्रदान गरिएको छ ।
“हामिले पछिल्लो समय शिक्षालाई कसरी गुणस्तरीय बनाउन सक्छौ भन्नेमा लागेका छौं,गुणस्तर सुधारका निम्ति आम अविभावक र स्वयं विद्यार्थीमा पनि सकारात्मक उर्जा प्राप्त होस भन्ने हेतुले छात्रवृत्ति प्रदान गर्दै आएका छौ,रकम ठूलो सानो भन्दा पनि हामिले प्रोत्साहन गरेका हौं”नगरप्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो।मुलतः बिपन्न जेहन्दार विद्यार्थी हरु लाभान्वित होउन भन्ने उदेश्य रहेको श्रेष्ठले बताउनु भयो।
नगरपालिकाले ६ लाख ५ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।विद्यार्थिको बैंक खातामा छात्र वृत्ति रकम पालिकाले दाखिला गर्ने सहायक शिक्षा अधिकृत धनपती पौडेलले जानकारी दिनुभयो ।