नवलपरासी,पश्चिम्
बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित दिव्य ज्योति बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त सङ्घर्ष समितिले तालाबन्दी गरेका छन्।
विद्यार्थीको शुल्क वृद्धि,कर्मचारीको महङ्गी भत्ता र पारिश्रमिक बढाउने निर्णय गरिएको प्रती असन्तुष्टि जनाउँदै स्ववियुको नेतृत्व मा निहरुले तालाबन्दी गरेका छन ।
क्याम्पस सञ्चालक समितिको २०८२ श्रावण २६ गते बसेको बैठकका निर्णयहरूमा असहमति जनाउँदै तालाबन्दी गरिएको हो। विद्यार्थी संगठनहरूले १०+२ र स्नातक तहको शुल्क वृद्धि, भ्रमण शुल्क, तथा प्राध्यापक–कर्मचारीको पारिश्रमिक र महङ्गी भत्ता बढाउने निर्णय फिर्ता लिन माग गरेका छन्।
उनीहरुले जारी गरेको बिज्ञप्तीमा शुल्क वृद्धि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि शिक्षा पहुँचमा अवरोध हुने र शिक्षा क्षेत्रको मूल भावनाविपरीत रहेको र यसले थप आर्थिक भार थपिने उल्लेख गरिएको छ ।
तीन दिनभित्र निर्णय सच्याउनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी सङ्घर्ष समितिले चेतावनी दिएको छ—अन्यथा संघर्षमा उत्रने जनाईएको छ ।
तालाबन्दीबारेको संयुक्त विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शशी वि.क., अनेरास्ववियुका अध्यक्ष प्रशान्त सुवेदी, नेविसंघका सभापति प्रशान्त गिरी, अखिल (क्रान्तिकारी बहुमत) का सचिव बिमला गीरी, र अनेरास्ववियु (क्रान्तिकारी) का सचिव शिशिर पौडेलको हस्ताक्षर रहेको छ।
क्यापस प्रशासन सग भोली बिहान ८ बजे छलफल रहेको अध्यक्ष शशी बिकले जानकारी दिए ।