नवलपरासी
रक्तदान जीवन दान भन्ने उदेश्य अनुरुप नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।
महा संघकि जिल्ला अध्यक्ष तारा राना को अध्यक्ष एवं निवर्तमान अध्यक्ष देवदाज चौधरीको प्रमुख आतिथ्यतामा सरावल गाउँपालिका १ बासा चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
आदिवासी जनजाति महासंघले विगतका दिनदेखि नै बिभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको प्रमुख अतिथि देवराज चौधरीले बताउनु भयो पछिल्लो समय रगत अवाभको पुर्ती गर्ने उदेश्य अनुरुप कार्यक्रम आयोजा गरिएको अध्यक्ष तारा रानाले उल्लेख गर्नु भयो ।
मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै समुदायमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बताईएको छ ।