नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीमा जेनजी आन्दोलनको मौका छोपेर भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन चौतर्फी दबाब बढेको छ ।
जिल्लामा रहेका जनप्रतिनिधिहरुले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै प्रहरी प्रशासनलाई दबाब दिईरहेका छ्न ।जेनजी आन्दोलनको नाममा घुसपैठ भएको भन्दै दोषिलाई तत्काल कारवाही गर्न चौतर्फि दबाब बढेको हो ।
विशेषगरी निजि सम्पत्ति तोडफोड भएका जनप्रतिनिधिहरुले कुनै पनि हालतमा जेनजीको नाममा विध्वंस मच्चाउनेहरुलाई तत्कालै कारवाहीको दायरामा ल्याउन जोडदाए माग गरेका छन ।अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको भागिदार सुरक्षा निकाय आफै हुनु पर्ने उनीहरुको चेतावनी छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुबिच भएको छलफलमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति छानिछानि तोडफोड र आगजनी गर्नेहरुलाई निष्पक्ष छानविन गरि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
बिहान देखि राति सम्म एउटै समुहले तोडफोड र आगजनी गरिरहदा समेत प्रशासन मुखदर्शक बनेको भन्दै सुरक्षा प्रणाली फितलो भएको भन्दै चर्को आलोचना गरेका छन् ।
सुरक्षा निकायले भने उक्त दिन केहि त्रुटि भएको स्वीकार गर्दे जनशक्तिको अभाव लगायतका कारण पनि समस्या भएको तर्क गरेका छन् ।यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले फुटेजका आधारमा सोधपुछ गर्ने क्रम चलिरहेको र अनुसन्धानकै क्रममा रहेको जानकारी दिनु भयो ।
“अहिले केही फुटेज,भिडियो लिङ्कका आधारमा सोधपुछ गरिरहेका छौ,कसैलाई पक्राउ गरिएको छैन,अनुसन्धानमै छौ”डिएसपी पन्तले भन्नू भयो ।
उनिहरु वास्तविक रुपमा आगजनी र तोडफोडमा संलग्न थिए वा थिएनन भन्ने एकिन भईरहेको प्रहरीले जनाएको छ ।आगजनी र तोडफोडले आफुहरु घरबार बिहिन बन्नु परेको जिल्लाका जनप्रतिनिधिहरुले गुनासो गरेका छ्न ।यता बर्दघाट नगरपालिकाले घटनामा केही जनप्रतिनिधि र कर्मचारी नै संलग्न रहेको भन्दै अनुसन्धान गरि कारबाही सुरु गरिने जनाएको छ ।