बर्दघाट बाट “सुन्दरी सिंगारे” सर्पको उद्धार

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट बाट सुन्दरी सिंगारे सर्पको उद्धार गरिएको छ ।गएराति वडा नम्बर ४ स्थित एक स्थानिय होटलबाट बर्दघाट नगरपालिकाका सर्प उद्घारकर्मी दुर्गा लामीछनेले उद्घार गर्नु भएको हो ।

अन्य सर्पहरुले जस्तै आफ्नो बचाउमा यसले फुकार गर्ने र डराउन दिने भएपनी यो सर्प अविषालु रहेको लामिछानेले बताउनु भयो ।यसलाई अङ्ग्रेजीमा Copper-headed Trinket Snake (तामाको टाउको भएको ट्रिंकेट) र नेपालीमा स्थानीय रूपमा “सुन्दरी सिंगारे सर्प” पनि भनिने गरिएको बताईएको छ।

यसले आफूलाई खतरा महसुस हुँदा अन्य सर्पजस्तै फुँकार गर्ने र टोक्ने प्रयास गर्ने हुँदा मानिस डराएर मारिदिने गर्छन्।तर सर्प मार्दा ईकोसिस्टममा असर पार्ने भएकाले सर्प नमार्न समेत लामिछानेले सर्पको महत्वका बारेमा जनचेतना फैलाउदै आएका छ्न ।उनले सर्प उद्दार सगै उनले कयौ नागरिकको ज्यान समेत जोगाएका छ्न ।

 

ताजा अपडेट

खोजी गर्नुहोस