जेन-जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा शाही पक्राउ

काठमाडौ । जेन-जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

एक प्रहरी अधिकृतका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध यसअघि बैंकिङ कसुर र वैदेशिक रोजगारी ठगीमा समेत मुद्दा चलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस