नवलपरासी ।Gen Z आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति चौधरी ग्रुपले गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
ग्रुपले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पनि दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढिरहेको जनाएको छ।
“Gen Z आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।”चौधरी ग्रुपले भनेको छ ।
चौधरी ग्रुपले यस्तो कठिन समयमा पनि सहानुभूति, आशा र सम्मानका साथ देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाएको बताएको छ ।
ग्रुपले सम्पूर्ण शहीद परिवारलाई सम्पर्कमा ल्याउने कार्य भइरहेको जनाउँदै, यस सम्बन्धमा सहयोगका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (मोबाइल नं. ९८५१२२४०००) लाई सम्पर्क गर्न आग्रह गरेको छ।