नवलपरासी -बर्दघाट
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा महिलाहरूका लागि प्लम्बिङ र ईलेक्ट्रीसियन तालिम सुरु भएको छ ।
राष्ट्रिय अपाङ्गता पुनःस्थापना केन्द्र काठमाडौको आयोजना एवं वडा नम्बर १६ को समन्वयमा तालिम सुरु भएको हो । नगरप्रमुख श्रेष्ठले तालिमको सुभारम्भ गर्दै महिलाहरू स्वाबलम्बी र आत्मनिर्भर हुनु पर्नेमा जोड दिदै तालिमबाट पुर्ण लाभ लिन आग्रह गर्नु भयो ।तालिम प्राप्ती पछि दक्ष जनशक्तिलाई नगरपालिकाले ब्यवसायिक बन्न सहयोग गर्ने श्रेष्ठले बताउनु भयो ।
पछिल्लो समय नगरपालिकाले विभिन्न शिपमुलक तालिम प्रदान गर्दै आएपनी तालिमप्रती रुचि नहुने र यसबाट उपलब्धि हासिल हुन नसक्नु दुखद रहेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले वडामा भएका विभिन्न समूह र सस्थाहरुलाई विभिन्न तालिम प्रदान गर्दै आईएको बताउदै मुलतः महिलाहरू उधमशिल बन्नु पर्छ,ब्यवसायिक बन्नु पर्छ भन्ने अभिप्रायले तालिम सञ्चालन गरिएको बताउनु भयो।
१० दिन सम्म सञ्चालन हुने आधारभूत तालिममा २० जना महिलाहरूको सहभागीता रहेको छ ।प्लम्बिङ तर्फ १० र ईलेक्ट्रीसियन तर्फ १० जना महिलाहरूको सहभागीता रहेको छ ।दैनिक ६ घण्टाका दरले तालिम संचालन हुने प्रशिक्षक ऋषि कुमार अर्यालले जानकारी दिनुभयो ।
आयोजक सस्थाले तालिमका लागि लुम्बिनी प्रदेश मध्ये बर्दघाट नगरपालिका वडा नम्बर १६ लाई छनौट गरिएको बताएको छ ।