मुख्यमन्त्री आचार्यद्वारा नवलपरासीमा क्षती पुगेका संरचनाको अनुगमन

सबै भन्दा बढी क्षती निजि सम्पतीमा:मुख्यमन्त्री
  • hamroaakha
  • / अन्य /
  • २०८२ आश्विन ९, शुक्रबार (३ हप्ता अघि)
  • १७२ पटक पढिएको
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले आज जेनजी आन्दोलनका क्रममा पश्चिम् नवलपरासीमा क्षती भएका संरचनाहरुको अनुगमन गर्नु भएको छ।
आगजनी र तोडफोडबाट क्षती पुगेका सरकारी कार्यालय र निजि संरचनाको आचार्यले अनुगमन गर्नु भएको छ ।अनुगमनको क्रममा रेडियो नेपाल सगको कुराकानीमा मुख्यमन्त्री आचार्यले सरकारी कार्यालयका संरचना र कागजपत्र समेत जलाईनु दुखद भएको बताउदै जिल्लामा सबै भन्दा बढी निजि सम्पतिमा क्षती पुगेको उल्लेख गर्नु भयो ।
“जेनजी पुस्ताले देशमा भ्रष्टाचार र शुसासनलाई मुल मुद्धा बनाएर आन्दोलन गरेका थिए तर यसरी सरकारी कार्यालय र निजि सम्पती जलाउने काम उनिहरु बाट हुनै सक्दैन,यो अपराधीक काम भएको छ,जति भत्सर्ना गरेपनी पुग्दैन,प्रतिशोध पुर्ण कार्य भएको छ,यो घोर आपत्तिजनक छ “मुख्यमन्त्री आचार्यले भन्नू भयो ।
आचार्यले परिवारको एउटा सदस्यले राजनीति गरेकै आधारमा सिङ्गो परिवारले त्यसको पीडा भोग्नु परेको र शरणार्थी बन्नु परेको अवस्था आएको बताउनु भयो ।
उहाँले पुर्ण रुपमा ध्वस्त भएका कार्यालयहरुमा सेवा प्रवाहका लागि राहत रकम पठाउन सुरु गरिएको बताउँदै कर्मचारीको मनोबल उच्च राख्दै टेण्ट टागेर भएपनी जनतालाई सेवा दिन आह्वान समेत गरिएको उल्लेख गर्नुभयो ।पुर्नव्यवस्थापन लागि समेत प्रदेश सरकार अघि बढेको आचार्यले बताउनु भयो ।मुख्यमन्त्री आचार्यले नवलपरासीमा क्षती भएका सबै कार्यालय र निजि संरचनाहरु अनुगमन गर्नु हुने बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस