नवलपरासी,पश्चिम् । जेनजी आन्दोलनका क्रममा कारागारका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर भागेका कैदीबन्दी मध्ये २३० जना कैदीबन्दी अझै नफर्किएको कारागार प्रशासनले जनाएको छ ।
आन्दोलनका क्रममा भागेका ३०३ जना कैदीहरु कारागार फर्किएका छ्न भने बाकी कैदीबन्दी अझै फर्किएका छैनन ।
नवलपरासी कारागारमा रहेका १३ जना कैदिहरु अन्य कारागारमा पुगेको सुचना आएको कारागार प्रमुख बिकल श्रेष्ठले जानकारी दिनुभयो।”रेकर्डमा चाहिँ हाम्रो २४३ जना कैदिबन्दी आउन बाकि छ तर १२/१३ जना कैदीबन्दीहरु अन्य कारागारमा गएको खबर छ तर आधिकारिक पत्र चाहिँ हामिलाई आएको छैन”प्रमुख श्रेष्ठले भने ।
कारागार प्रशासनले हिजोको मिति सम्म कैदी बन्दिलाई कारागार फर्कन सुचना जारी गरेको भएपनी उक्त कैदी बन्दिहरु फर्किएका छैनन ।”हामिले सुचना जारी गरेका थियौ,अब अदालतमै गएर आत्मसमर्पण गरेर फर्किनेपनी हुन्छ्न,अहिलेलाई बाकी कैदीहरुले कुनै सम्पर्क गर्नु भएको छैन”कारागार प्रमुख श्रेष्ठले भने।३०३ जना कैदीबन्दिहरु भने कारागार फर्किएका छ्न ।
कारागारमा ५७६ जना कैदीबन्दिहरु रहेका थिए ।उनिहरुले कारागारमा आगजनी र सुरक्षार्थ खटिएकामध्ये ४ सशस्त्र र २ जना नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कारागार कब्जामा लिएर बाहिर निस्केका थिए ।