नवलपरासी,पश्चिम् । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट नवलपरासीका सरकारी कार्यालयमा झण्डै १० करोडको क्षती भएको प्रारम्भिक मुल्यांकन गरिएको छ ।
क्षतिको विवरण संकलन गर्न गठन भएको क्षति मूल्याङ्कन समितिले स्थानीय तहबाहेक सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडबाट २ करोड ६५ लाखको क्षति भएको मूल्याङ्कन समितिका संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले दिनुभयो ।सरकारी कार्यालय र सार्वजनिक सस्थान गरी १३ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोडबाट २ करोड ६५ लाखको क्षति भएको मूल्याङ्कन गरिएको छ ।जिल्लामा रहेका सातवटा पालिका मध्ये रामग्राम र प्रतापपुर गाउँपालीकाको बिवरण आईनसकेको भणडारीले उल्लेख गर्नु भयो ।”क्षती त यो भन्दा बढी नै भएको छ,यो त प्रारम्भिक मुल्यांकन हो”भण्डारीले रेडियो नेपाल सग भन्नू भयो ।
स्थानीय तहमा झन्डै ७ करोड बढी क्षति भएको छ । पहिलो चरणमा सरकारी संरचनामा भएको क्षतिको विवरण संकलन गरिएको हो । सरकारीभन्दा निजी र संघ संस्थामा बढी क्षति भएको बताइएको छ ।
निजी र संघ संस्थाको क्षति विवरणसम्बन्धित पीडितहरुसँगबाट निवेदन माग गरी संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । अहिले सम्म सबै भन्दा बढी क्षती बर्दघाट नगरपालिकामा भएको बताईएको छ ।