कुकुर तिहार: सडक दुर्घटना न्यूनीकरणका लागि कुकुरलाई ‘रिफ्लेक्सन बेल्ट’

नवलपरासी (पश्चिम) — बर्दघाट ।कुकुर तिहारको अवसरमा बर्दघाटका युवाहरूले आज बिहान विशेष कार्यक्रम सञ्चालन गरेका छन्। उनीहरूले बाटोमा रहेका कुकुरहरूलाई खाना खुवाउनुका साथै ‘रिफ्लेक्सन बेल्ट’ लगाइदिएका छन्।

सडकमा आवतजावत गर्ने सवारीसाधनका कारण वर्षेनी धेरै कुकुरहरूको मृत्यु हुने र दुर्घटना भएर मानवीय क्षती समेत हुने भएकाले यस्तो कार्यक्रमले जोखिम कम गर्न सघाउने युवाहरूको विश्वास छ।

“सडकमा राति गाडीको हेडलाइट परेपछि रिफ्लेक्सन बेल्ट चम्किने भएकाले चालकले कुकुरलाई सजिलै देख्न सक्छन्। यसले दुर्घटना रोकथाममा सानो तर महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”एक युवाले भने ।

कुकुर तिहारको दिनमा आयोजित यस किसिमको सामाजिक चेतनामूलक कार्यक्रमलाई स्थानीयले सराहना गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस