नख्खु कारागारबाट भागेका कैदीले गरे घरमै श्रीमतीको हत्या

काठमाडौँ । नख्खु कारागारबाट भागेका कैदीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२, गागलका ३५–३६ वर्षका सन्तबहादुर तामाङले आफ्नी श्रीमती, ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन् ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीको मुद्दामा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुगेको छ र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।

हत्यापछि सन्तबहादुर तामाङ फरार रहेका छन् । प्रहरी घटनास्थल पुगिसकेपछि थप जानकारी दिने तयारीमा रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस