केराले बजार नपाएपछि भारतिय केरा रोक्न माग,प्रदेश सरकार भने बेखबर

-लुम्बिनी प्रदेशका कृषि मन्त्री भन्छन :बजार नपाएको कुरा हामिलाई जानकारी छैन ।
  • hamroaakha
  • / कृषि /
  • २०८२ भाद्र १७, बुधबार (१ हप्ता अघि)
  • ९९ पटक पढिएको

नवलपरासी,पश्चिम् । यतिबेला उखु किसान दुग्ध उत्पादक किसान र केरा उत्पादक किसानहरु उत्पादनको बजार र उचित मूल्य नपाएको भन्दै आन्दोलित छ्न ।उनिहरुले बजारको ग्यारेन्टी गरिदिन सरकार सग माग गरेका छ्न ।

पश्चिम् नवलपरासीका केरा उत्पादक किसान बर्षौ देखि भारतीय केराको मारमा पर्दै आएका छन ।नेपाली बजार भारतिय केराले खाईदिदा नेलाली केरा बारिमै कुहिने अवस्थामा छ भने किसान समेत विस्थापित हुने अवस्थामा छ्न ।किसानहरूले आज भारतिय केराको आयात रोग्नु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छ्न ।

भारतीय केराको आयात राकेर नेपाली उत्पादनको बजारीकरण गर्न उनिहरुले माग गरेका छन् ।बिक्रिका लागि तयार भैसकेका केरा बोटमै कुहिन थालेपछि किसान मर्कामा परेका छ्न ।भारतिय केराले नेपाली केरा बिस्थापित गर्ने अवस्था आएपछि आफुहरुको लागत मुल्य समेत न उठ्ने अवस्था रहेको प्रती उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष लक्खु यादवले चिन्ता प्रकट गर्नुभयो ।

पश्चिम् नवलपरासीका केरा उत्पादन किसानले बजार नपाएको बिषयमा जानकारी लिदा आफुलाई र मन्त्रालयगत रुपमा किसानहरु बाट कुनै कुरा न आएको लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले बताउनु भयो ।”हामिलाई बजार पाईएन भनेर कुनै जानकारी आएको छैन,अस्ति कृषि ज्ञान केन्द्रका साथिहरु सग भेट्दा पनि उहाँहरुले केही भन्नुभएन”मन्त्री पन्थीले भन्नू भयो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउदै केरा बजारमा खपत हुन नसके नष्ट गर्नु पर्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराईएको छ ।

गत वर्ष ४५ रुपैयाँ प्रतिदर्जन सम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपैयाँमा पनि बिक्री नभएपछि जमिन भाडामा लिएर खेती गर्दे आएका अधिकांश किसान मर्कामा परेको अध्यक्ष यादवले बताउनुभयो । नवलपरासीको प्रतापपुर र सुस्ता केरा पकेट क्षेत्र मानिन्छ ।

सो क्षेत्रमा झन्डै १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।उखु उत्पानमा लागेका किसान उखुको समेत अवस्था यस्तै बिकराल हुदा केरा खेती तर्फ लागेका हुन ।केरा बाट पनि बिस्थापित हुने अवस्था आएपछि उनिहरु कृषि बाट निरुत्साहित हुने अवस्था आएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले आफ्नो तहबाट समस्या समाधानको सक्दो पहल गर्ने बताउँदै अन्य निकायमा पनि थप पहल गर्न किसान अगुवाहरुलाई आग्रह गर्नुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस