नवलपरासीका सहकारीले मल लैजान ढिलाई गर्दा किसानलाई सास्ती

अझै ४५ सहकारीले १३५ दशमलब २ मेट्रिक टन मल लगिएको छैन ।

नवलपरासी– नवलपरासीका सहकारीहरुले मल लैजान ढिलाइ गर्दा किसानहरु समस्यामा परेका छन् । जिल्लामा ७९ सहकारीमार्फत किसानलाई मल वितरण हुँदै आएको छ ।

कृषि सामग्री कम्पनी परासीमा गत साउन १९ गते पठाइएको २१५ मेट्रिक टन युरिया मलमध्ये सोमबारसम्म ३४ वटा सहकारीले ७९ दशमलब ८ मेट्रिक टन मल लगेको कृषि सामग्री कम्पनीका शाखा प्रबन्धक ताराप्रसाद खनालले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो । अझै ४५ सहकारीले १३५ दशमलब २ मेट्रिक टन मल लगेका छैनन् ।

सहकारीले मल लगे/नलगेको बारे स्थानीय तहले समेत चासो देखाएका छैनन् । स्थानीय तहमा उप्रमुख र उपाध्यक्षको संयोजकत्वमा स्थानीय मल आपुर्ति तथा वितरण समिति छ । समितिले आफ्नो पालिकामा मल वितरण गर्नका लागि सहकारीहरुलाई जिम्मेवारी दिएको छ । तर कृषि सामग्री कम्पनी परासीको गोदाममा मल आएको हप्ता दिन बित्न लाग्दा समेत अधिकांश सहकारीले मल लैजान वास्ता नगर्दा किसानहरु समस्यामा परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस