धान खेतमा धाँजा फाट्न थाल्यो,मौसमविद भन्छ्न पानी पर्छ,किसान भन्छन कहिले पर्छ!

  • hamroaakha
  • / कृषि /
  • २०८२ श्रावण ८, बिहिबार (१ महिना अघि)
  • १२९ पटक पढिएको

नवलपरासी,पश्चिम्।लामो समय सम्म पानी नपर्दा रोपेको धानबाली सुख्न थालेको मात्रै छैन खेत सुख्खा हुँदा धाजा फाटेको छ ।प्रकृति समय अनुकुल नबनेपछी किसानहरु यतिबेला रोपो जोगाउने चिन्तामा परेका छन ।

सिचाईको बैकल्पिक ब्यवस्था भएका किसानहरूले स्यालो ट्युबवेल र भूमिगत सिचाइ मार्फत रोपो जोगाउन सिचाई गरेका छन ।भने आकाशे पानीको मात्रै भर पर्नु पर्ने कृषकहरुका धानबाली सुख्न थालेपछि यतिबेला किसानहरु अत्तालिएका छन ।

केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट समेत राहतको माग गरेका छन ।”मानो रोपेर मुरी फलाउन बर्षभरी खाने खेती हो धान, मल बीउ बिजन त अभाव आफ्नो ठाउँमा छ तर प्रकृतिले पनि ढग्दा अत्यास लागेको छ”बर्दघाट १५ का कृषक शेखर भुसालले भने ।

पश्चिम् नवलपरासीमा यो बर्ष २० हजार ७ सय ८० हेक्टरमा धान खेती लगाईएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा.रविन्द्र नाथ चौवेले जानकारी दिए ।चौबेका अनुसार गत बर्ष नवलपरासीमा ९१ हजार ५ सय २ मेटृकटन धान उत्पादन भएको थियो ।

यतिबेला चर्को घामका कारण रोपो दिनप्रतिदिन सुक्दै गएको छ भने खेत समेत चिरा चिरा पर्न थालेको छ ।आकाशे पानी जस्तो भरपर्दो बैकल्पिक सिचाई नहुने हुँदा धान उत्पादन नै नहुने होकि भन्ने चिन्ताले किसानलाई पिरोलीरहेको छ ।

“खेत तिर हेर्दा हरिबिजोग छ,पानी लगाउन थालेको लगातार तीन दिन भो,समाचार सुन्यो पानी पर्छ भन्छ बिहान उठ्यो आकाश तिर हेर्यो पानी पर्ने छाट छैन कसरी हुन्छ यो हालतले कृषि प्रधान देशमा धान उत्पादन “बर्दघाट १६ का कृषक ईन्द्र गुरुङले भने ।

सिचाईको उचित प्रवन्ध नहुदा हरेक बर्ष किसानहरु यो समस्याबाट गुज्रिरहेका छन ।मौसम यस्तै नै रहिरहे यसबर्ष धान उत्पादनमा कमि आउन सक्ने कृषि बिज्ञहरु बताउँछन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस