सरावल गाउँपालिकाका किसानलाई सिचाई मोटर

  • hamroaakha
  • / कृषि /
  • २०८२ जेष्ठ ५, आईतबार (४ दिन अघि)
  • १२६ पटक पढिएको

 

नवलपरासी

सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई सिँचाइ गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले २९ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।

पालिकाभित्रका किसानहरुलाई उत्पादन बढाउन सहयोग पुर्‍याउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरेको हो । सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदिप मिश्राले दिनुभएको जानकारी अनुसार कृषि उत्पादन र गुणस्तर बढाउन पालिकाको स्वीकृत कार्यक्रम अनुसार २९ जना किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक मोटर वितरण गर्ने कार्य भइरहेको छ ।

पालिकाको वडा नम्बर १ देखि ७ सम्मका २९ जना किसानलाई 2HP तीन इनन्चका माेटर वितरण गरिएको शाखा प्रमुख मिश्राले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले
किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउनुभयाे।

अध्यक्ष चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक गर्नकालागि कृषि उपकरण वितरण गरिएकाे बताउनुभएको हाे।

ताजा अपडेट

खोजी गर्नुहोस