घाँसको बीउ कमसल परेको भन्दै क्षतिपूर्तिको माग सहित ज्ञापनपत्र

  • hamroaakha
  • / कृषि /
  • २०८१ मंसिर २१, शुक्रबार (४ महिना अघि)
  • १३९ पटक पढिएको

बर्दघाट नगरपालिकाले नगरका किसानहरुलाई वितरण गरेको बर्षिम घाँसको गुणस्तरहिन विउका कारण भएको क्षतिको क्षतिपूर्तिको मागगर्दै किसानहरुले नगरमा ज्ञापन पत्र बुझाएका छन ।
निमित्य प्रमुख प्रशासकिय अधिकृत लोकराज पन्थीलाई आज बुझाएको उक्त ज्ञापन पत्रमा किसानहरुले क्षीपूर्तिको जोडदार माग गरेका छन ।


बर्दघाट नगरपालिकाको पशुपंक्षि तथा मत्स्य विकास शाखाले आ.ब. २०८१÷०८२ को कार्यक्रममा किसानहरुको लागत सहभागिता रहनेगरी बर्षिम घाँसको विउ किसानहरुलाई वितरण गरेको थियो । तर वितरणकै क्रममा विउको उमारक्षमता नरहेको भन्दै कतिपय किसानहरुले नगरमा नै फिर्ता गरेको थिए भने कतिपयले लगेर खेतमा छरेका थिए ।

तर नगरबाट लगेको विउ नउम्रेर झार उम्रेपछि अहिले किसानहरुले क्षीपूर्तिको मागर्दै नगरमा ज्ञापन पत्र बुझाएको बताएका छन ।
ज्ञापन पत्रमा भनिएको छ नगरवाट वर्षिम घाँसको विउ भनेर लगेकोमा झार उम्रेपछि पशुआहारमा समस्या पर्नगई दुध उत्पादनमा समेत कमी आउने गरी नगरले किसानसँग खेलवाड गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस