पालिकामै माटो परिक्षण प्रयोगशाला स्थापना भएपछि किसान खुसी

  • hamroaakha
  • / कृषि /
  • २०८१ मंसिर ११, मंगलबार (४ महिना अघि)
  • १२१ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा माटो परीक्षण प्रयोगशाला स्थापना भएको छ ।अधिकाङ्स कृषिमा आधारित रहेका यस क्षेत्रका किसान खुसी भएका छ्न ।

यसअघि माटो परीक्षणको लागि सदरमुकाम परासी वा रुपन्देही पुग्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका किसानलाई लक्षित गर्दै माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले प्रयोगशाला स्थापना भएपछि अब किसानहरूलाई आफ्नो माटोको अवस्थाका आधारमा खेतीपाती गर्न सजिलो हुने बताउनुभयो ।

‘किसानहरूमा माटो परीक्षण गर्नुपर्छ भन्ने जनचेतनाकै कमी रहेको अवस्था छ । त्यसमाथि प्रयोगशाला टाढा हुँदा उक्त सेवा लिन पाउने अवस्था थिएन,’अध्यक्ष यादवले भन्नुभयो, ‘परीक्षणबिना नै खेती गर्नू र परीक्षण गरेर खेती गर्नुले किसानलाई धेरै फरक पार्ने छ ।

प्रयोगशालाबाट माटोमा भएको पोटास, नाइट्रोजन, फस्फोरस लगायतका पाँच वटा तत्वहरुको परीक्षण गरेर किसानलाई आवश्यक सुझाव दिईने छ । यो प्रयोगशाला संचालन भएपछि जिल्लाको दक्षिणी भेगका किसानले माटो परीक्षणको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस