सुनवलमा डेढ करोड लागतको पशुसेवा केन्द्र सञ्चालनमाआयो

  • hamroaakha
  • / कृषि /
  • २०८१ मंसिर ८, शनिबार (४ महिना अघि)
  • ८९ पटक पढिएको

नवलपरासी,पश्चिम्

आम कृषकहरुलाई लक्षित गरि नवलपरासीको सुनवल स्थित वडा नम्बर २ मा रु डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ ।

सुनवल नगरप्रमुख विमला अर्यालले एक कार्यक्रमका बिच पशु सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ। भवन निर्माण भएको लामो समय सम्म सन्चालनमा आउन नसकेपछि आवश्यक जनशक्ति ब्यवस्थापन गरी अहिले सेवा केन्द्र सञ्चालनमा ल्याईएको नगरप्रमुख अर्यालले जानकारी दिनुभयो ।

पशु सेवा केन्द्रमा आउने गाई, भैँसी, बाख्रालगायत जनावरलाई पशुविज्ञ डाक्टरद्वारा निःशुल्क औषधोपचार हुने हुँदा आम कृषकले यसबाट प्रत्यक्ष लाभ लिने अर्यालले बिश्वास व्यक्त गर्नु भयो ।

“भवन बनेर लामो समय थन्कियो अहिले हामिले जनशक्तिको ब्यवस्थापन गरेर सञ्चालनमा ल्यायौँ,पशु-पालन ब्यवसाय नै गरेर जिविकोपार्जन गर्ने कृषकलाई यसले पक्कै पनि टेवा पुग्ने छ”अर्यालले भन्नू भयो ।

संघीय सरकार र नगरको संयुक्त लगानीमा पशुसेवा केन्द्र निर्माण गरिएको हो ।

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले भवन निर्माण गरेको हो । पशु सेवा केन्द्रको काम सम्पन्न गरेर २०७९ सालमा सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

बिकास निर्माण सगै नगरको सबै क्षेत्रको बिकासमा आफू दत्तचित्त भएर लागि पर्ने नगरप्रमुख अर्यालको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस