नवलपरासी/बर्दघाट
बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मकैको बिउ बितरण गरेको छ ।मकै पकेट क्षेत्रको रुपम लिईएको बर्दघाट नगरपालिका वडा नम्बर १३ का कृषकलाई बीउ बितरण गरिएको हो ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले वडा नम्बर १२ र १३ मकै उत्पादनमा उर्वर भुमी रहेको उल्लेख गर्दै सिमित श्रोत साधनका बाबजुत कृषि र कृषकलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।हरेक उत्पादनका लागि सिचाईको प्रवन्ध हुनुपर्ने बताउदै सतह सिचाईका लागि नगरपालिकाले बिभिन्न निकायसग पहल गरिरहेको उहाँले बताउनु भयो ।
तत्कालका लागि वडा नम्बर १३ का १६ वटा समुहलाई ४ क्विन्टल ७२ किलो बीउ बितरण गरिने नवदुर्गा मुल कृषक समुहका सचिव बिनिराम पराजुलीले जानकारी दिनुभयो ।उक्त वडामा अधिकाङ्स कृषकहरूले मकै खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन ।बीउ बिजन पर्याप्त नहुने,समयमा मल ,सिचाई लगायतको समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।