नवलपरासी
सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई सिँचाइ गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले २९ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।
पालिकाभित्रका किसानहरुलाई उत्पादन बढाउन सहयोग पुर्याउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरेको हो । सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदिप मिश्राले दिनुभएको जानकारी अनुसार कृषि उत्पादन र गुणस्तर बढाउन पालिकाको स्वीकृत कार्यक्रम अनुसार २९ जना किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक मोटर वितरण गर्ने कार्य भइरहेको छ ।
पालिकाको वडा नम्बर १ देखि ७ सम्मका २९ जना किसानलाई 2HP तीन इनन्चका माेटर वितरण गरिएको शाखा प्रमुख मिश्राले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले
किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउनुभयाे।
अध्यक्ष चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक गर्नकालागि कृषि उपकरण वितरण गरिएकाे बताउनुभएको हाे।