सहिद स्मृति अस्पताललाई प्रतापपुर द्वारा हेमाटोलोजी मेसिन उपलब्ध

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ अषाढ ९, सोमबार (११ घण्टा अघि)
  • ७० पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति अस्पताल चौपत्तालाई हेमाटोलोजी मेसिन उपलब्ध गराएको छ ।गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज उक्त मेसिन हस्तान्तरण गर्नु भएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको ४ लाख रुपैयाँ बाट अस्पतालले मेसिन खरिद गरेको हो ।उक्त मेसिन बाट CBC जाँचमार्फत एनिमिया, विभिन्न संक्रमण, डेंगु जस्ता रोगहरू चाँडै पत्ता लगाउन मदत पुग्ने छ। कम समयमै धेरै नमुना परीक्षण गर्न सकिने भएकाले बिरामीको उपचार प्रक्रिया अझ छरितो र प्रभावकारी हुने अस्पतालले जनाएको छ ।

सामुदायिक अस्पतालमा उक्त मेसिन जडान पश्चात विभिन्न रगतका रोगहरूको शीघ्र र सटिक निदानमा ठूलो सहयोग पुर्‍याएको छ। यसले CBC जाँचमार्फत एनिमिया, संक्रमण, डेंगुजस्ता रोगहरू चाँडै पत्ता लगाउन मद्दत गर्छ। कम समयमै धेरै नमुना परीक्षण गर्न सकिने भएकाले बिरामीको उपचार प्रक्रिया अझ छरितो र प्रभावकारी हुनेछ।

अध्यक्ष यादवले प्रतापपुर सुस्ता सरावल र बर्दघाट नगरपालिकाले यसलाई साझा अस्पतालको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो ।अस्पतालमा निरन्तर सेवा प्रदान गर्नु निकै चुनौतीको बिषय भएको उल्लेख गर्दै सबैको सक्रियतामा पुर्वाधार सम्पन्न यस अस्पताललाई ५१ शैयाको बनाउनु पर्ने बताउनु भयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस