डेढ महिनाको अवधीमा नवलपरासीमा ईन्सेफ्लाईटिसबाट ३ जनाको मृत्यु

मृत्यु हुनेमा ५० वर्षदेखि ७४ उमेर समुहका पुरुष
  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ भाद्र १५, सोमबार (२ हप्ता अघि)
  • ६४ पटक पढिएको

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा डेढ महिनाको अवधिमा जापनिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ ।श्रावण देखि हाल सम्म सङ्क्रमित तीन जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।झण्डै एक हप्ता अघि मात्रै एक जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।

मृत्यु हुनेमा ५० वर्षदेखि ७४ उमेर समुहका पुरुष रहेको स्वास्थ कार्यालय नवलपरासीका खोप अधिकृत एवं निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिनु भयो ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर १२ , सरावल गाउँपालिका–१ र प्रतापपुर गाउँपालिका–१ का रहेका छन् । रगत परीक्षणपछि उनीहरुमा इन्सेफ्लाइटिस संक्रमण देखिएपछि दुई जनाको बुटवल र एक जनाको चितवनमा उपचारको क्रममा अस्पतालमै मृत्यु भएको स्वास्थ्य शर्माले जानकारी दिनुभयो ।पालिकाहरुमा सचेतनामुलक कार्यक्रमहरु भैरहेको समेत शर्माले बताउनु भयो ।

चिकित्सकहरुका अनुसार यो जापानिज इन्सेफलाईटिस पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन । लामखुट्टेले पशु पंक्षीहरू जस्तै घोडा, सुँगुर, बँगुर, हाँस आदिलाई टोकेर मासिलाई टोक्यो भने यो रोग मानिसमा सर्दछ । यो रोगको जीबाणुले मानिसको मस्तिष्कमा असर पुर्याउने चिकित्सकहरु बताउँछन ।

रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बेसुरको हुने, बान्ता आउने, कहिलेकाहीँ बेहोस हुने लक्षण देखापर्ने चिकित्सकहरुले बताएका छन् । लक्षण देखा पर्ना साथ अस्पताल जान चिकित्सकहरुले सुझाउने गरेका छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस