चिकित्सकले भने :रवि लामिछानेको अवस्था सामान्य छैन

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएका छन् ।

रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवले बताए ।

उनका अनुसार हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको छ । ट्रमा सेन्टरका डाक्टर यादवको नेतृत्वले टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।

#ratopati

ताजा अपडेट

खोजी गर्नुहोस