मृगौला पिडित बचाउ महा अभियान :आमा समुह देखि संघ सस्थाहरु एक्यवद्ध भएर जुट्दै

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ अषाढ १, आईतबार (१ दिन अघि)
  • १७९ पटक पढिएको

नवलपरासी,पश्चिम्

बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चानार्थ सुरु गरिएको मृगौला पिडित बचाउ महा अभियानमा सबैले सहयोग गरिरहेका छन ।ब्यक्तिगत,सामुहिक र सस्थागत रुपमा उल्ल्ख रुपमा सहयोग गर्नेहरु अग्रसर भएका छन ।

वडागत कार्यतालिका बनाएर मृगैला पिडिउ उपचार सेवा कार्यदलका ,सहिद स्मृतिमा अस्पतालका पदाधिकारीहरुको संयुक्त टोलि सक्रियताका साथ घराआगनमै पुगेर स्वस्फूर्त रुपमा प्राप्त सहयोग संकलन गरेका हुन,यति बेला चर्को घामको प्रवाह नगरी संयुक्त टोलिले संघ सस्था,विद्यालय,सहकारी सबै क्षेत्रबाट आर्थिक संकलन गरिरहेका छन ।संघ सरकार बाट प्राप्त ४ थान डायलासिस सेवा सञ्चानका लागि महा अभियानको सुरुवात गरिएको हो ।

सेवा संचालन र जनशक्तिका लागि सरकारले सामुदायिक अस्पतालमा लगानी गर्न नमिल्ने भएकाले आर्थिक संकलन अर्थात महा अभियान सञ्चालन गरिएको अभियानका संयोजक एवम् बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।यद्यपि नगरपालिकाबाट पनि बजेट बिनियोजन गरी मापदण्ड अनुरुप खर्च गर्नका लागि बिधिगत प्रक्रिया अपनाईने श्रेष्ठले बताए ।

अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागी सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।यतिबेला संघ सस्था र नागरिक स्तरबाट अभियानको प्रसङ्सा गर्दै सहयोगि दाताहरुबाट निरन्तर सहयोग प्राप्त भएको अस्पतालका अध्यक्ष डिबि थापाले बताए ।

महाअभियानमा विद्यालय,सहकारी,बैंक,बित्तिय संघ सस्था,विभिन्न कम्पनी लगायत सबै क्रमिक रुपमा जोडिदै गएका छ्न । चर्को घामको समेत प्रवाह नगरी अभियान टोलि घरदैलोमै पुगेको छ।

डायलासिस गरिरहेका बिरामिहरु यो अभियानबाट निकै खुसी देखिएका छन ।डायलासीस गर्न बुटवल भैरहवा जानू पर्न,पालो कुर्नु पर्ने,समयको अभाव खर्च लगायतका समस्या झेलिरहेका बिरामिहरुमा यो अभियानले नयाँ आशाको किरण छरेको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले यो अभियानको परिकल्पना गरेका हुन ।महा अभियानबाट झन्डै १८ लाख बढी रकम संकलन भैसकेको अस्पताल ब्यवस्थापन समितीका सदस्य युवराज डुम्रेले बताए ।

डायलासिस सेवा सञ्चालनकालागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको छ भने अभियानमा जोडिन सबैलाई आह्वान समेत गरिएको छ ।उक्त अस्पतालमा सेवा सुरु भएपछि मुलतः सुस्ता,सरावल,प्रतापपुर र बर्दघाट लगायतका पालिका बासी सगै समग्र जिल्लाबासीले नै सहज रुपमा सेव लिन पाउने छन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस