नवलपरासी,बर्दघाट
आइतबार बुवा आमा दिवसको अवसर पारी जेष्ठ नागरिक मुस्कान केन्द्रले वडा बर्दघाट १४ स्थित गङ्गाबस्तीमा जलपान समारोहको आयोजना गरि खुसी साटा साटासाट गरेको छ ।
जेष्ठ नागरिक मुस्कान केन्द्रका अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षता,नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यत एवं उपप्रमुख रुद्र प्रकाश उपाध्यायको बिशिस्ट आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा जेष्ठ नागरिक हरुको उल्लेख सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले परिवारमा समाजमा जेष्ठ नागरिकको भुमिका महत्वपूर्ण रहेने उल्लेख गर्दै जेष्ठ नागरिकहरूलाई सम्मानित रुपमा बाच्न पाउनु पर्ने अधिकारको सुनिश्चितता गर्नु पर्ने बताउनु भयो ।नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि शाखा मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गरिएको उल्लेख गर्दै भजन कृतनका लागि बाद्यबादनका सामाग्रीहरु उपलब्ध गराईएको बताउनु भयो ।
उपप्रमुख रुद्र प्रकाश् उपाद्यायले समाजमा कतिपय सन्ततिले जेष्ठ नागरिक आमा बुवाहरुको हेरचाह नगर्ने गुनासो आउने हुदा संविधानले प्रष्ट उल्लेख गरेको हुदा यस्तो कार्य कानुन बिपरित हुने उल्लेख गर्नुभयो ।यो क्षेत्राधिकार न्यायिक समिती अन्तर्गत पर्ने हुदा त्यस्ता घटनाहरुमा आवश्यक सहजीकरण का लागि नगरपालिका तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बयोबृद्द एवं जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने विभिन्न शैलिका लोक भजनहरु समेत प्रस्तुत गरिएको कार्यक्रम संयोजक मधुसूदन अर्यालले बताउनु भयो ।जेष्ठ नागरिकहरू समाजमा एक्लो छैनन भन्ने आभास दिलाउन समेत मुस्कान केन्द्रले यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको सस्थाका अध्यक्ष दुर्गा उपाध्यायले बताउनु भयो ।