नगर र अस्पतालको अगुवाईमा मृगौला पिडित बचाउ महा अभियान सुरु

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ जेष्ठ १०, शुक्रबार (१० घण्टा अघि)
  • १२६ पटक पढिएको
नवलपरासी,पश्चिम्
बर्दघाट नगरपालिका र अस्पतालको अगुवाईमा मृगौला पिडित बचाउ महा अभियान सुरु गरिएको छ ।सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले  एक बृहत् कार्यक्रमको आयोजना गरि आज अभियानको सुरुवात गरिको छ ।
बर्दघाट नगरपालिका र संघिय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको पहलमा धुलिखेल अस्पतालबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृती सामुदायिक अस्पताल चौपतामा ४ थान  डायलासिस मेसिन उपलब्ध भएको हो ।
अभियान शुभारम्भ समारोहमा बोल्दै लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवारले अस्पतालको स्थापना कालदेखी यहाँ सम्म आईपुग्दा अस्पतालको बिकासमा योगदान पुर्याउने सबैको योगदान अतुलनीय रहेको बताउँदै यस महा अभियानका लागी  प्रदेश सरकारबाट उपलब्ध हुन सक्ने सहयोगका निम्ति आफू प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।”एक घर एक हजार संकलन अभियान” अनुरुप नागरिकहरू स्वस्फूर्त रुपमा सो भन्दा कम र सो भन्दा बढी सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागी सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति ब्यवस्थापनका लागि तिनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउदै नगर प्रमुख श्रेष्ठले डायलासिस सेवा सञ्चालनकालागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको स्पष्ट पार्नु भयो ।
 मृगौलाको डायलाइसिसका लागी जिल्लामा सेवा उपलब्ध नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यताको अन्त्यका लागी नगरपालिकाले सामुदायिक अस्पतालमा सेवा विस्तार गरी जिल्लामै पहिलो पटक डायलासिस सेवा सुचारु गर्न थालिएको बताईएको छ ।
सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सहयोग संकलनको महाअभियान सुरु गर्न लागिएकाले बर्दघाट नगरबासी सहित सबै जिल्लाबासीलाई सक्दो सहयोगका लागी नगर प्रमुख श्रेष्ठले आह्वान गर्नुभयो । सो अभियानमा बर्दघाट नगरपालिका भित्र रहेका सबै घरमा पुगेर सहयोग सङ्कलन गर्ने योजना बनाइएको छ ।
सामुदायिक अस्पतालमा तलबभत्ता लगायतका कार्यका लागी स्थानीय तहबाट लगानी गर्न कानुनी असहजता भएकोले र लगानी गरेको रकम बेरुजु देखिने भएकाले बिकल्पको रुपमा अभियान चलाईएको श्रेष्ठले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले आम नागरिकको स्वास्थ्य जस्तो संबेदनसिल कुरालाई ध्यानमा राख्दै मानविय सेवाका लागि मृगौला पिडित अभियान सुरु हुनु प्रसंशनिय रहेको उल्लेख गर्दै भौतिक बिकासका लागि मात्रै नभै यस्ता अभियानहरुमा जुट्न सबैमा आग्रह गर्नु भयो ।
सेवा सुचारु भएपछि नियमित डायलासिस गर्नु पर्ने मृगौलाका बिरामीहरु लाई समेत घर आगनमै सहकज रुपमा  सेवा उपलब्ध हुने भएपछी मिगौला बिरामिहरु हर्षित बनेका छन ।
मृगौला प्रत्यारोपण गरी अहिले नियमित जीवन यापनमा फर्कनु भएका बर्दघाट १४ निवासी माधव तिवारीले डायलासिसका लागि टाढा जानू पर्दा आफुले निकै कष्ट भोग्नु परेको अस्पताल जादा जाँदै बिच बाटोमै कठिन अवस्थाबाट आफू गुज्रिएको तितो यथार्थ सुनाउदै आगामी दिनमा डायलासिस सेवाले कयौ नागरिकले समयमै सेवा प्राप्त गरि पुनर्जीवन प्राप्त गर्ने बताउनु भयो ।
बर्दघाट नगरपालिका भित्र मात्रै ५२ जना मृगौला पीडितले डायलाइसिस गराउँदै आएका छन् । अस्पतालको सेवावृद्धि गर्दे मृगौला पीडितलाई सेवा दिन लागी चार वटा डायलाइसिस मेसिन तयारी अवस्थामा रहेको अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो । अभियान अन्तर्गत जिल्लामा रहेका सातै वटा पालिकाहरुलाई समेत सेवा बिस्तारका लागि सहयोग गर्न अनुरोध गरि साझा कार्यक्रम ल्याउन समेत पहल गरिएको छ ।तत्कालका लागि सेवा सुचारु गर्न ३० देखि ३५ लाखको हाराहारीमा खर्च हुने बताईएको छ ।
 २०६४ सालमा स्थापना भएको उक्त अस्पतालले प्रभावकारी रुममा गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा यहाँ रहेका सुबिधा सम्पन्न भौतिक सम्रचना हरु उपयोग बिहिन जस्तै बन्न पुगेका छन ।डायलासिस सेवा सगै ओटि सहितको बर्थिङ सेन्टर समेत सञ्चालग गर्ने समेत अभियानको उदेश्य रहेको छ ।बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले अभियानका निम्ति कार्यदल समिती गठनको निर्णय पारित गरी अभियान सुरु गरिएको हो ।
आर्थिक संकलन अभियानको सुरुवातमा आम नागरिकहरूले उत्साहापुर्ण रुपमा सहयोग गरेका छ्न ।अभियानका सह संयोजक सुक बहादुर गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन अस्पतालका सदस्य युवराज डुम्रेले गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस