सुनवल नगरले सञ्चालनमा ल्यायो आयुर्वेद सहित फिजियोथेरापी सेवा केन्द्र

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ जेष्ठ ३, शुक्रबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।पछिल्लो समय आयुर्वेद तर्फ मानिसहरूको रुचि बढेका कारण सेवा केन्द्र संचालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।
स्थानियको सहुलियतका लागि आयुर्वेदिक औषधि निशुल्क उपलब्ध गराईएने र फिजियोथेरापीका लागि एक हप्ताको न्युनतम १ सय रुपैयाँ तोकिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।

“मुलतः बालबच्चा बोकेका दिदिबहिनीहरु र जेष्ठ नागरिकहरु सकि नसकी अन्यत्र धाउने गरेको देख्दा मेरो मनमा पालिकामै यो सेवा सञ्चालनमा ल्याउने ईच्छा आयो अनि सुरुवात गर्यौ,पक्कै पनि सबैलाई सेवा केन्द्रबाट सहज उपचार हुन्छ भन्ने बिश्वास छ”नगरप्रमुख अर्यालले भन्नू भयो ।

पालिकालो करिब १५ लाखको लागतमा आयुर्वेद तथा फिजियोथेरापी सेवा सुरु गरिएको हो । भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम उपयोग गर्ने उदेश्य सहित सेवा केन्द्र सञ्चालनमा ल्याईएको बताईएको छ ।

चिकित्सक सहित ३ जनाको जनशक्ति रहेको सेवा केन्द्रमा आयुर्वेद स्वस्थ्यकेन्द्र नवलपरासीको सहयोग रहेको छ ।बिरामीले स्थानिय स्तरमै सस्तो र सुलभ रुपमा आयुर्वेद उपचार सेवा पाउन सक्ने हुदा सेवा केन्द्रलाई थप ब्यवस्थित बनाईदै लगिने बताउदै नगरप्रमुख अर्यालले स्वाथ्य शिक्षा जस्ता क्षेत्रलाई नगरले प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गर्नुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस