जेष्ठ नागरिक समाजका सम्मानित ब्यक्ती हुन,सधैं आदर गरौं :नगरप्रमुख श्रेष्ठ

 

बर्दघाट

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जेष्ठ नागरिकहरु समाजका सम्मानित ब्यक्ती भएकाले सबैले आदर र सम्मान गर्नु पर्ने बताउनु भएको छ ।माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारी जेष्ठ नागरिक मुस्कान केद्र द्वारा आयोजीत जेष्ठ नागरिक जलपान समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले सबै पिढिले मुलतः युवा पिढिले जेष्ठ नागरिकको आदर गर्नु पर्नेमा ज्प्ड दिनु भयो ।

अविभावकले जेष्ठ नागरिक प्रती गरेको ब्यवाहार नै सन्ततिले सिक्ने भएकाले अविभावक हरुले सन्ततिहरुमा यो सस्कारको बिकास गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।नगरपालिकाले बिगतका दिनबाट नै जेष्ठ नागरिक लक्षित कार्यक्रम गरेको र आगानी दिनमा समेत निरन्तरता दिईने नगरप्रमुख श्रेष्ठले उल्लेख गर्नु भयो ।

मुस्कान केन्द्रका अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षता एवम् नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरप्रवक्ता सन्त बहादुर गाह,वडा नम्बर १५ का अध्यक्ष रुद्र आले,सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिक मुस्काल केन्द्रका अध्यक्ष दुर्गा उपाध्यायले जेष्ठ नागरिकहरूका निम्ति पवित्र उदेश्य बोकेर स्थापना भएको सस्था भएकाले नगरपालिकाले आवस्यक सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस