नवलपरासी ।नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाको १४औं वार्षिक साधारण सभा बर्दघाट स्थित शिवालय मन्दिरमा सम्पन्न भएको छ।
कार्यक्रममा उपशाखाका सभापति नारायण प्रसाद अधिकारीको अध्यक्षता थियो भने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिकामा ट्रमा सेन्टर निर्माण भइसकेपछि उक्त ट्रमा सेन्टरले नै रक्त सञ्चार ब्लड बैंकको पूर्तिगर्ने व्यवस्था मिलाइने जानकारी गराउनु भयो। साथै, उपशाखाको विकासका लागि नगरपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय सदस्य धनिराम चौधरी, नगर प्रवक्ता सन्त बहादुर गाहा, वडा नं ३ का वडा सदस्य प्रकाश चन्द्र अधिकारी, पूर्व सभापति कुल प्रसाद शर्मा, आजीवन सदस्य रमेश बस्याल, विशिष्ट सदस्य इन्द्र प्रसाद सापकोटा, संघसंस्थाबाट बृहस्पती अधिकारी, रेडक्रस जिल्ला शाखा मन्त्रि ऋषिराम सुवेदी तथा शाखाका सदस्य डिलबहादुर अधिकारी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले स्थानीय स्तरमा रहेका हरेक सामुदायिक तथा निजी विद्यालयहरूमा जुनियर रेडक्रस सोसाइटी स्थापना गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए।
उपशाखाका उपसभापति देवी पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव धन्नजय पौडेलले गर्नुभएको थियो।