बर्दघाट नगरपालिकामा एच पि भि खोप अभियान सुरु

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ९७ पटक पढिएको

 

नवलपरासी-बर्दघाट

बर्दघाट नगरपालिकाले पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाउँदै एच. पि. भि खोप अभियानको सुरुवात गरेको छ । बर्दघाट स्थित दाउन्नेदेवी माध्यामिक विद्यालयबाट कक्षा ६ देखी १० सम्ममा छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एच. पि. भि खोप अभियानको सुरुवात गरिएको हो ।

विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले क्यान्सर रोग न्यूनिकरणका खोप प्रभावकारी हुने बताउँदै किशोरीहरूले अनिवार्य रुपमा खोप लगाउन आग्रह गर्नुभयो । पछिल्लो समयमा महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएको अवस्थामा नेपालमा पहिलोपटक विद्यालय स्तरबाट किशोरीहरूको लागि खोप अभियान सुरु भएकोमा बर्दघाट नगरपालिकामा यस अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबैको हातेमालो हुन आवश्यक रहेको श्रेष्ठको भनाई रहेको थियो । “यो खोप निजि स्वास्थ्य सस्थामा किनेर लगाउदा निकै महङ्गो पर्छ,यो अवसरबाट लाभ लिनु पर्छ,उक्त उमेर समुहका कोहि नछुटौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।


कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, स्वास्थ्य शाखाका अधिकृत कृष्णहरी पौडेल, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल लगायत अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रम आधारभुत स्वास्थ्य केन्द्र बर्दघाट ४ को आयोजनामा भएको हो । कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष वेधबिना तिवारीले गर्नुभएको थियो । बर्दघाट नगरपालिकामा अभियान अन्तरगत ३ हजार २ सय किशोरीलाई खोप लगाइदैछ । नगरका १६ वटै वडामा ३८ वटा केन्द्र बाट खोप लगाइने स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस