मुसहर वस्तीमा न्यानो लुगा बितरण

  • hamroaakha
  • / समाज /
  • २०८१ माघ २, बुधबार (२ महिना अघि)
  • २०१ पटक पढिएको

 

नवलपरासी

बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको मुसहर बस्तीमा न्यानो लुगा बितरण गरिएको छ ।अत्याधिक चिसो र शितलहरका कारण जनजीवन प्रभावित बनिरहेको अवस्थामा न्यानो लुगा बितरण गरिएको हो।

बर्दघाट नगरपालिका, उद्योग वाणिाज्य संघ, नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखा र बर्दघाट बजार विकास समितिको सहकार्यमा कपडा वितरण गरिएको हो ।

मुलतः चिसोका कारण बिपन्न बस्तिहरुमा जनजिवन बढी प्रभावित भएको हुदा सबैको सहकार्यमा न्यानो लुगा बितरण गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

ब्ल्याङ्केट,टोपि,स्विटर,जुत्ता लगायतका अन्य न्यानो लुगाहरु बस्तिका १ सय १५ जनालाई बितरण गरिएको र थप बितरण गरिने वडा नम्बर ४ का अध्यक्ष बेदबिना तिवारीले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस