नवलपरासीमा प्रदेश सरकारका अधिकांस योजना अधुरा

  • hamroaakha
  • / लुम्बिनी /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ११६ पटक पढिएको

 

नवलपरासी

सरकार परिवर्तन हुने र योजना ल्याएको जस लिने होडबाजीले लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीमा निर्माण थालेका योजना कार्यान्वयनमा ढिलाइ भएको छ । पुल, सडक, कृषि उपज केन्द्र, खानेपानी आयोजनाको काम समयमै सम्पन्न नहुँदा कतिपय अलपत्र अवस्थामा छन् ।

स्थानीय तह र प्रदेश सरकार बीच समन्वयको कमी र कतिपय योजनाबारे स्थानीय सरकारलाई थाहै नहुँदा अनुगमन र कार्यान्वयनमा समस्या आएको हो । रामग्राम नगरपालिका–१५ स्थित तुरियाखोला पुलको पुल दुई वर्ष अगाडि नै निमार्ण सम्पन्न हुनुपर्ने हो । तर, अहिलेसम्म मुस्किलले २० प्रतिशत मात्र काम भएको छ । काम सुरु भएपछि मात्र डिजाइनमा त्रुटि भएको थाहा पाएपछि काम रोकिएको थियो ।

खोलाको उचाइसँग मेल नखाने डिजाइन भएपछि काम रोकिएको थियो । अहिले फेरि डिजाइन परिवर्तन गरेर काम सुरु गर्नुपर्नेमा ठेकेदार कम्पनीले वास्ता गरेको छैन । स्थानीयले गुनासो गरेपछि नगरप्रमुख धनपत यादवले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई स्थलगतरुपमा अवलोकन गराएका थिए ।

मन्त्रीले मातहतका कर्मचारीलाई योजनास्थलबाट नै तत्काल सुरु गर्न निर्देशन गरेको पुलको काम एक महिना हुँदा समेत सुरु भएको छैन । एम/एस सगुन ओम इन्फ्राटेक जेभी कालिकानगर बुटवलले ठेक्का लिएको यो पुलको डिजाइनमा नै समस्या आएपछि ठेकेदारले ढिलो काम गर्ने बाहाना पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस