सडकबत्तीको बक्यौता भुक्तानी गर्ने नवलपरासीका पालिका सहितलाई सम्मान

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • १४० पटक पढिएको

 

मुक्ति तिवारी
बुटवल।

सडकबत्तीको बक्यौता भुक्तानी गर्ने बर्दघाट नगरपालिका सहित लुम्बिनी प्रदेशका स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले सम्मान गरेको छ ।विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा प्रसंसापत्र सहित सम्मान गरिएको हो।

बक्यौता महसुल संकलन पेचिलो बन्दै गइरहेको बेला लुम्बिनी प्रदेशका १५ वटा गाउँपालिका र नगरपालिकालाई प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले सम्मान गरेको छ । यो कार्यक्रममा घिसिङ आफै उपस्थित हुनुभएको हो ।

बर्दघाट नगरपालिकाले १ करोड, रामग्राम नगरपालिकाले ३५ लाख, सिद्धार्थनगर नगरपालिकाले ६२ लाख, तिलोत्तमा नगरपालिकाले ४७ लाख, सियारी गाउँपालिका ४६ लाख र ओमसतिया गाउँपालिकाले ४० लाख रूपैयाँ भुक्तानी गरेको प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार कपिलवस्तु नगरपालिकाले १९ लाख, सन्धिखर्क नगरपालिकाले ५ लाख, भूमिकास्थान नगरपालिकाले ४ लाख, रेसुङ्गा नगरपालिकाले २० लाख, प्रतापपुर गाउँपालिकाले २५ लाख, सरावल गाउँपालिकाले १५ लाख र सुस्ता गाउँपालिका ३२ लाख बक्यौता तिरेपछि सम्मान गरिएको हो ।

सम्मान समारोहमा बोल्दै बर्दघाट नगरपालिकाकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अघिल्लो स्थानीय सरकारको पालामा बाकी रहेको कुल बक्यौता रकम अहिले नियमित भुक्तानी गरिएको बताउदै आगामी दिनमा समेत प्राधिकरण सग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नु भयो ।

यसैगरी सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भारतिय थिचोमिचोमा परेको भुमी सुस्तामा राष्ट्रिय प्रसारण लाईन बिस्तार भएको प्रती प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।अध्यक्ष उपाध्यायले पशुपालक किसानलाई समेत महसुलमा विशेष छुट दिनु पर्ने बताउनु भयो ।

सम्मान ग्रहण गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले कृषि क्षेत्रलाई प्राधिकरणले प्राथमिकतामा राखी सोही अनुरुप सहजीकरण गर्नु पर्ने बताउनु भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ती स्थानीय तहलाई सम्मान गर्दै अब स्थानीय तहबाट आएका सुझावका आधारमा कार्ययोजना बनाउने बताउनु भयो ।बक्यौता तिर्ने स्थानिय तहलाई फरक तरिकाबाट सहुलियतपुर्ण योजना ल्याउन पहल गर्ने घिसिङले बताउनु भयो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस