अत्याधिक चिसो बढेपछि रामग्राममा दाउरा बितरण

  • hamroaakha
  • / समाज /
  • २०८१ पौष १८, बिहिबार (३ महिना अघि)
  • ६८ पटक पढिएको

नवलपरासी,पश्चिम्

अत्याधिक चिसो बढेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दाउरा वितरण सुरु गरेको छ । तीन–चार दिनदेखि हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपछि सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

नगरका मुख्य चोक, बजार क्षेत्र र ग्रामीण भेगमा आगो ताप्नका लागि निःशुल्क रूपमा दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनु भयो ।

सार्वजनिक स्थानमा आगो ताप्न पाउँदा दैनिक मजदुरी गर्ने र विपन्न वर्गका स्थानीयलाई सहज हुने भएकाले नगरका १८ वटा वडाको सार्वजनिक स्थानमा आगो बाल्न दाउरा वितरण गरिएको हो ।

जिल्लाका सातवटै पालिकाले २० लाखदेखि ५० लाख रुपैयाँ विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको भए पनि सम्भावित विपद्को तर्जुमा गरेर योजना बनाउन नसक्दा र्सासाधारणले समयमा नै राहत र विपद्बाट जोगिन पूर्वतयारी हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस