नवलपरासी
पश्चिम नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि स्थानिय तह र लेप्रोसी मिसनबीच सम्झौता भएको छ। पछिल्लो समय नवलपरासीमा कुष्ठरोगिको संख्यामा वृद्धि भएसगै यसको न्यूनीकरण र नियन्त्रणमा स्थानीय तह र गैरसरकारी सस्था जुटेको हो ।
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ बर्दघाट नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता गरिएको छ।
द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने परियोजना अधिकृत सुमन ज्ञवालीले जानकारी दिनुभयो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यसको न्यूनीकरणका लागि नगर प्रतिबद्ध रहेको बताउनु भयो ।
सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने अधिकृत ज्ञवालिले बताउनुभयो
सोहि अनुरुप कार्यक्रममाको बिषय बस्तु र उदेश्य सहित उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्षहरु अन्य संघसंस्था लगायतको उपस्थितिमा कार्यक्रमको अभिमुखीकरण गरिएको जिविकोपार्जन अधिकृत सुमन पराजुलीले जानकारी दिनु भयो ।
संचालन हुने परियोजना अन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिबृद्धि, मानसिक स्वास्थय, खानेपानी र सरसफाई तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ ।
कुष्ठरोग नियन्त्रणका लागि जनप्रतिनिधि,समुदाय सगै आम नागरिकको साझा भुमिका हुनुपर्ने परियोजना जिविकोपार्जन अधिकृत पराजुलीले बताउनु भयो ।
पश्चिम् नवलपरासीमा १४ बर्षका बालबालिकाहरुमा पनि कुष्ठरोग देखा परेको छ ।परियोजनाले जिल्लाको रामग्राम,बर्दघाट नगरपालिका ,पाल्हिन्नदन र प्रतापपुर गाउपालिका ४ वटा स्थानिय तहमा मा कार्यक्रम संचालन गर्ने छ।