देवकोटा क्याम्पसका विद्यार्थीले देउसी भैलोबाट संकलित रकम दृष्टिविहिन विद्यार्थीको लागी खर्चिए

  • hamroaakha
  • / समाज /
  • २०८१ मंसिर १४, शुक्रबार (४ महिना अघि)
  • ७९ पटक पढिएको

 

नवलपरासी पश्चिम्

पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा क्याम्पसका विद्यार्थिहरुले देउसी भैलोबाट संकलन भएको रकमबाट दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेका छन् । परासीमा रहेको आर्दश नमुना माविमा अध्ययनरत २२ जना दृष्टिविहिन बालबालिकालाई उनिहरुले न्यानो कपडा सहित दराज लगायतका समाग्री सहयोग गरेका हुन् ।

विद्यार्थीहरुले देउसी भैलो खेलेर संकलन गरेको रकममा क्याम्पसको स्रोत र क्याम्पसका संरक्षक लिलाधर सापकोटाको सहयोगमा रकम थप गरेर दुई लाख बराबरको समाग्री सहयोग गरेको क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो । विद्यार्थीहरुले हरेक वर्ष देउसीभैलो मार्फत रकम संलकन गर्ने र विभिन्न रचनात्मक कार्यमा उक्त रकम खर्च गर्दे आएका छन् ।

सो क्रममा पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले दृष्टिविहिन विद्यार्थीको लागी छात्रावासको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनप्रतिनिधि भईसकेपछि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउदै आफु पराजित भएपनि जनताको म्यान्डेड अनुसार समाजिक कार्यमै क्रियाशिल रहेको उल्लेख गर्नुभयो । रामग्राम नगरपालिकाकि उपप्रमुख सम्झना चौधरीले दृष्टिविहिन विद्यार्थीको लागी आवश्यक व्यवस्थापन नगरपालिकाको तर्फबाट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा जिल्ला सहकारी संघका अध्यक्ष विष्ण्ुा पौडेल, सुनवल वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, आर्दश माविका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी एलिसा बस्याल लगायतले समाजिक सेवाको कार्यमा सबै एकजुट बन्नुपर्नेमा जोड दिनुभयो ।

नवलपरासीमा आर्दश माविमा मात्र दृष्टिविहिन बालबालिकाको लागी अध्ययनको व्यवस्था रहेको छ । उक्त विद्यालयमा दृष्टिविहिन शिक्षकले नै उनिहरुलाई अध्यापन गराउदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस