नवलपरासी,पश्चिम्
बर्दघाट नगरपालिकाको सरसफाई अभियान अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको पर्यटकिय स्थल बुद्ध मङ्गल ताल परिसरमा सरसफाई गरिएको छ ।
जनप्रतिनिधि,स्थानिय संघ सस्था,प्रहरीहरुको संयुक्त सहभागीतामा ताल परिसर सरसफाई गरिएको हो ।नगरप्रमुखका १२ अभियान मध्ये सरसफाइ अभियानलाई प्रमुख अभियानको रुपमा समेत समावेस गरिएको छ ।
समुदायमा आधारित सरसफाइ अभियानले आफ्नो घर टोल र बाताबरण सफा राख्नु पर्छ भन्ने संदेश दिन सकिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।सबैको सहकार्य र जागरुकताले नै सरसफाइ अभियानले सार्थकता पाउने उहाको भनाई थियो ।आन्तरिक र बाह्र पर्यटनको सम्भावना बोकेका धार्मिक र पर्यटकिय स्थलको सरफाईलाई विशेष ध्यान दिनु पर्ने श्रेष्ठले बताउनु भयो ।
सरसफाइ अभियानमा स्थानीयहरुको समेत उल्लेख सहभागी रहेको थियो ।नगरपालिकाले विभिन्न क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै आइरहेको छ ।