नवलपरासी
नेपाली कांग्रेस रामग्राम नगर वडा न. १५ र १६ को संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आज शुक्रौलीको सम्पन्न भएको छ । नेपाली कांग्रेसका वडा सभापति धुब्रनारायण चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य , सहकारी बिभागका प्रमुख एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता र नेपाली कांग्रेसका नेता एवंम् महासमिती सदस्य गुणनिधि तिवारीको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य , सहकारी बिभागका प्रमुख एवंम् पुर्व गृह राज्य मन्त्री कण्डेलले देशको समयसापक्ष वारे चर्चा गर्दै संगठन बिस्तार गरी कांग्रेसलाई अझै बलियो बनाउनुपर्ने बताउनुभयो ।पछिल्लो राजनीतिक घटना क्रमलाई नियाल्दा काङ्ग्रेसनै जनताको पक्षमा उभिने पार्टी भएको नेता कंडेलले जिकिर गर्नु भयो ।
सो अवसरमा विशेष अतिथी नेपाली कांग्रेसका नेता एवंम् महासमिती सदस्य तिवारीले कांग्रेसको संगठन विस्तारमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल , संघीय सभापति माधब पाण्डे , नेपाली कांग्रेस नवलपरासीकी कोषाध्यक्ष उत्तमा राय , तारा भण्डारी , गजानन्द पटेल , राजेन्द्र सहानी , रम्भा कुवर , , गोपाल डिसवा , बबुल्ला धुनिया , शिव प्रसाद यादव , बलिराम कोईरी लगायतले बोल्दै संगठन सुदृढ बनाएर अघि बढ्नु पर्ने उल्लेख गर्नु भएको थियो ।